अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो – Nepal Press

अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य १४ पैसाले बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेको छ । यसअघि शुक्रवार एक डलरको खरिदमा १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।

आइतबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा  र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा तोकिएको छ भने यसअघि शुक्रवार भने युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा  र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६  रुपैयाँ २७ पैसा र बिक्रीमा ८६  रुपैयाँ ६७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९ पैसामा कारोबार भइरहेको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँमा ६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा छ भने मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१  पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसा कारोबार हुँदा बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँमा किनबेच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *