रुपन्देहीमा सत्तारुढ दल निकटका विद्यार्थीको गठबन्धन हुन सकेन – Nepal Press

रुपन्देहीमा सत्तारुढ दल निकटका विद्यार्थीको गठबन्धन हुन सकेन

रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनका लागि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु विरुद्ध गठबन्धन गरेर निर्वाचनमा जान खोजेका सत्तारुढ दल निकट विद्यार्थी संगठनले भागबन्डा मिलाउन नसकेपछि अलग अलग उम्मेदवारी दिएका छन् ।

शनिवार मनोनयन दर्ता प्रकृयाअघिसम्म पनि गठबन्धनको अन्तिम तयारी गरेका उनीहरूले भागबन्डा मिलाउन नसकेपछि रोकिएको हो । शनिवार राममणि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ताबीच झडप भएपछि अन्य क्याम्पसमा पनि उनीहरुबीच विवाद बढेको हो ।

रुपन्देहीका सबै क्याम्पसहरूमा नेकपा एमाले निकट अनेरास्ववियुले एकल उम्मेदवार उठाएको छ ।

अनेरास्ववियुका नेता बालकृष्ण पाण्डेका अनुसार जिल्लाका दुई क्याम्पसहरू बाहेक अन्य सबै क्याम्पसहरूमा संगठनले एकल उम्मेदवारी दिएको बताए ।

उनले सत्ता गठबन्धनमा रहेका विद्यार्थी संगठनले विवाद गरेर लुम्बिनी वाणिज्य, सिद्धार्थ क्याम्पस र राममणी क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको तर संगठनले तत्काल सुरु गर्न माग गरेको बताए ।

एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज यमराज पाण्डेका अनुसार अनेरास्ववियुको तर्फबाट बुटवल बहुमुखी क्याम्पसमा दुर्गाबहादुर एमसी, भैरहवा बहुमुखी क्याम्पसमा सागर न्यौपाने,पक्लिहवा कृषि क्याम्पसमा मदन कडेल, देवदह आदर्श बहुमुखी क्याम्पसमा अर्जुन गैरे, सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा सुमित सापकोटा, हरैया बहुमुखी क्याम्पसमा प्रदिप शर्मा सापकोटा, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा समुन्द्र बगाले रेग्मी, सरस्वती संस्कृत क्याम्पसमा विष्णु प्रसाद अधिकारीको नेतृत्वमा प्यानलले उम्मेदवार दर्ता गराएका छन् ।

त्यसैगरी षड्यन्त्रपूर्वक निर्वाचन प्रक्रिया स्थगित भएका क्याम्पसहरू लुम्बिनी वाणिज्य क्याम्पसमा विजय कार्की, सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा सुरज खनाल र राममणी क्याम्पसमा प्रज्ज्वल पान्डेको नेतृत्वमा उम्मेदवारहरु तयार भएको उनले बताए ।

यी तीन क्याम्पसमा सत्तारुढ दल निकट विद्यार्थी संगठनले निर्वाचन प्रक्रियामा असहमति जनाउँदै निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर