रामसहायको उम्मेदवारीविरुद्ध जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाको दाबी विरोध – Nepal Press

रामसहायको उम्मेदवारीविरुद्ध जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाको दाबी विरोध

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले दाबी विरोधको उजुरी दिएकी छन् ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्गबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै झाले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएकी हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ ले उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको उजुरीमा उल्लेख छ । यस अनुसार उपराष्ट्रपतिमा पुरुषबाहेकका उम्मेदवार हुनुपर्ने भन्दै जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

नेकपा (एमाले)का सांसद महेशकुमार बर्तौलाले यादव विरुद्ध नै यस अघि नै दाबी विरोधको उजुरी बुझाइसकेका छन् ।

प्रतिक्रिया

One thought on “रामसहायको उम्मेदवारीविरुद्ध जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाको दाबी विरोध

  1. यसबाट थाहा हुन्छ जनमतले फिर्ता लिदैन । दिल्लीले काँग्रेसलाई उचालिरहेको छ दुईवटा उम्मेद्वार कायम राख्न । त्यसपछि भोट बाँडिएर एमालेले जित्न बेर छ‌न । अधिकार नै नभएको यो पद मार्फत गठबन्धनका साना दलले प्रचण्डलाई विश्वासको मत नदिने तर माओवादी काँग्रेससँग नभड्कने वातावरण बनाउदै छ काँग्रेस , दिल्लीको योजना अनुसार । त्यसपछि ७६(३) अनुसार देउवा प्रधानमन्त्री हुने र माओवादीले पनि विश्वासको मत दिन बाध्य हुने अवस्था आउँदैछ । त्यसो भएमा प्रचण्डको राजनीति सकिन्छ । यसको हल्का झल्को भएकाले हो प्रचण्डले समाजवादी मोर्चाको कुरा गरेको । आफू कमजोर भएको बेलामा वा पद जोगाउनु परेमा प्रचण्डले यस्तै मोर्चाको कुरा गर्छन । तर यो फर्मूला अब पुरानो भैसक्यो । एमालेलाई धोका दिएको पापको फल भोग्दैछन अब प्रचण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर