स्वतन्त्र विद्यार्थी समाजले त्रिविमा उठायो ‘गोल्ड मेडलिस्ट’ उम्मेदवार – Nepal Press

स्वतन्त्र विद्यार्थी समाजले त्रिविमा उठायो ‘गोल्ड मेडलिस्ट’ उम्मेदवार

काठमाडौं । स्ववियु निर्वाचनको बेला चर्चामा आएको नेपाल स्वतन्त्र विद्यार्थी समाजले विश्व विद्यालय क्याम्पस कीर्तिपुरमा प्यानल नै उम्मेदवारी दर्ता गराएको छ ।

सो संगठनले मास्टर्स तर्फका गोल्ड मेडलिस्ट विद्यार्थी विष्णु बैडेलालाई सभापतिमा उम्मेदवार बनाएको छ । त्यस्तै सचिवमा अंग्रेजीका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले शनिवार उम्मेदवारी दर्ता गराएका छन् ।

सो प्यानलबाट सदस्यमा जीनराज ढुंगाना,रमेश ऐरी,इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार बनेका छन् । नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवार बनेका अधिकांश नेता यसअघि त्रिविमा नेविसंघको राजनीतिमा सक्रिय थिए ।

तर गुटको आधारमा उम्मेदवार बनाइएपछि उनीहरूले स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवारी दिएका हुन् । पढाइमा अब्बल नियमित विद्यार्थीहरूको टिम त्रिविमा लोकप्रिय रहेको सो संगठनका नेताहरूको दाबी छ ।

त्रिविमा अनेरास्ववियुले प्रकाश विष्टको नेतृत्वमा प्यानल खडा गरेको छ भने सत्ता गठबन्धनबाट नेविसंघले सभापति पाएकोमा श्यामराज उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर