राष्ट्रपतिमा निर्वाचित पौडेलले गरे कांग्रेसका संस्थापक नेता भट्टराईको शालिकमा माल्यार्पण (भिडिओ) – Nepal Press

राष्ट्रपतिमा निर्वाचित पौडेलले गरे कांग्रेसका संस्थापक नेता भट्टराईको शालिकमा माल्यार्पण (भिडिओ)

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गरेका छन् ।

शनिवार ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रम पुगेर उनले भट्टराईको सालिकमा माल्यार्पण गरेका हुन् । सो क्रममा पौडेलले भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण समेत गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का लगायतले स्वागत गरेका थिए ।

त्यसअघि शनिवार नै नवनिर्वाचित राष्ट्रपति पौडेल कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर