सुदेशको दाबी- रिबन काट्ने कैँचीलाई खुकुरी भनियो,क्याम्पस प्रशासन एकपक्षीय भयो (भिडिओ) – Nepal Press

सुदेशको दाबी- रिबन काट्ने कैँचीलाई खुकुरी भनियो,क्याम्पस प्रशासन एकपक्षीय भयो (भिडिओ)

आरआर क्याम्पसमा खुकुरी बोकेर जाने मनोज चन्द नेकपा एसनिकट अनेरास्ववियूका स्थायी कमिटी सदस्य

काठमाडौं । नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आर आर क्याम्पसमा खुकुरी बोकेर जाँदा पक्राउ परेका मनोज चन्द आफ्नो कार्यकर्ता भएको स्वीकार गरेका छन् ।

क्याम्पस परिसरमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा अध्यक्ष पराजुलीले रिबन काट्न कैँची लिएर आएका विद्यार्थीलाई खुकुरी बोकेको आरोप लगाउन नमिल्ने बताए । उनले चन्दले नराम्रो गतिविधि नगरेको दाबी समेत गरेका छन् ।

चन्द आफ्नो संगठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य रहेको र उनलाई प्रहरीले जबर्जस्त पक्राउ गरेर लगेको आरोप समेत लगाए । नेकपा एसनिकट युवासंघका उपाध्यक्ष नितेश पौडेल आर आर क्याम्पसका विद्यार्थी भएकाले सो घटनामा उपस्थित भएको उनको भनाइ थियो ।

यो पनि पढ्नुहाेस् : आरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क

क्याम्पस प्रशासनले पूर्वाग्रही भएर एमालेनिकट अखिललाई सहयोग गर्न खोजेकोले विरोध गर्न जाँदा प्रशासनले जिस्क्याउने र गुन्डा लगाउने काम गरेको आरोप पराजुलीले लगाए । उनले गठबन्धनमा आर आरको सभापति आफूहरूले पाएकाले चुनाव बिथोल्ने आफूहरूको चाहना नभएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर