लुम्बिनी वाणिज्य क्याम्पसमा सत्तारुढ दल निकट विद्यार्थीको तालाबन्दी, मनोनयन दर्ता हुन सकेन – Nepal Press

लुम्बिनी वाणिज्य क्याम्पसमा सत्तारुढ दल निकट विद्यार्थीको तालाबन्दी, मनोनयन दर्ता हुन सकेन

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि आजको उम्मेदवारी मनोनयन प्रभावित भएको छ ।

शनिवार मनोनयन हुने निर्वाचन तालिकामा सहमति जनाएका नेविसंघ तथा अनेरास्ववियु क्रान्तिकारीले शुक्रवार राती निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।

उनीहरूले लगाएको तालाबन्दी एमाले निकट अनेरास्ववियुका विद्यार्थीले शुक्रवार राती नै तोडेपनि पुनः तालाबन्दी गरिएको थियो ।

तालाबन्दी गर्ने विद्यार्थी संगठनले निर्वाचन प्रक्रिया क्याम्पस प्रशासनले विभेद गरेको आरोप लगाएपनि क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले शुक्रवार बिहानसम्म सबै विद्यार्थी संगठनको सहमति अनुसार नै निर्वाचन प्रक्रिया सुरु गरिएकाले विभेदको आरोप असत्य भएको बताए छन् ।

उनले शुक्रवार गरिएको तालाबन्दीले आजको उम्मेदवार मनोनयन प्रक्रिया प्रभावित भएको बताउँदै सबै विद्यार्थी संगठनलाई बैठक बसालेर समाधान खोज्ने प्रयास भएको बताए ।

एमाले निकट अनेरास्ववियुले भने निर्वाचनमा आफ्नो पराजय निश्चित हुने भएपछि अन्तिम समयमा गरिएको तालाबन्दीबाट निर्वाचन प्रक्रिया रोक्न नहुने बताएको छ ।

अनेरास्ववियु इकाइ अध्यक्ष योगेन्द्र रायमाझीले प्रमुख निर्वाचन अधिकृतलाई पत्राचार गरी तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको बताए ।

अनेरास्ववियुका नेता साजन भण्डारीले निर्वाचनबाट भाग्ने अधिकार कसैलाई नभएकोले तत्काल निर्वाचन अगाडि बढाउन क्याम्पस प्रशासनलाई समन्वय गर्न आग्रह गरेका छन् ।

नेविसंघका रुपन्देही अध्यक्ष शम्शेर खड्काले विवादलाई तत्काल समाधान गरेर स्ववियु निर्वाचन निर्धारित मितिमै गर्नुपर्ने पक्षमा आफू दृढ रहेको बताए । लामो समयदेखि यो क्याम्पसमा अनेरास्ववियुले स्ववियु निर्वाचन जित्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर