जसपाका रामसहायलाई सत्ता गठबन्धनको साथ, यी हुन् प्रस्तावक र समर्थक – Nepal Press

जसपाका रामसहायलाई सत्ता गठबन्धनको साथ, यी हुन् प्रस्तावक र समर्थक

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी र नेकपा एसका नेताहरुसहित  शनिबार संसद भवनमा पुगेर १० दलीय गठबन्धनको तर्फबाट उनले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी थिए ।

निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ । प्रश्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवद्र्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रस्तावक

अशाेक कुमार राई
प्रदीप यादव
किसान श्रेष्ठ
शक्ति बस्नेत
रमेशजंग रायमाझी
समर्थक
रेखा यादव
अम्बिका काफ्ले
प्रकाश ज्वाला
खिमलाल देवकाेटा
भानुभक्त जाेशी
सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद भवन पुगेकी छन् । यसअघि   एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर