उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदै अष्टलक्ष्मी शाक्यले भनिन्- लाेकतन्त्र बलियाे बनाउने हाे भने सबैले साेच्न जरुरी छ – Nepal Press

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदै अष्टलक्ष्मी शाक्यले भनिन्- लाेकतन्त्र बलियाे बनाउने हाे भने सबैले साेच्न जरुरी छ

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

एमाले उपाध्यक्ष शाक्यले आज संसद भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारीका लागि उपाध्यक्ष शाक्यसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पुगेका थिए ।

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ महेश बर्तौला तुलसा दाहाल भगवती न्यौपाने यसोदा रिजाल रहेका छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ ।’

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर