दाङमा प्रकाश रावत नेतृत्वको अनेरास्ववियु भंग
नेपाल प्रेस
२०७९ फागुन २७ गते ११:४९
दाङ । दाङमा समानान्तर गतिविधि गरिरहेको प्रकाश रावत नेतृत्वको अनेरास्ववियुको कमिटी भंग गरिएको छ ।
समानान्तर कमिटीका अध्यक्ष प्रकाश रावत र सचिव रविन वलीले आज संयुक्त विज्ञप्ति जारीगरी आफूहरूको कमिटी भंग गरेको र आगामी दिनमा कुनैपनि समानान्तर गतिविधि नगर्ने जानकारी दिएका छन् ।
यसअघि गोविन्द बस्नेत नेतृत्वलाई अस्विकार गरी उनीहरूले समानान्तर कमिटी बनाएर गतिबिधि गर्दै आएका थिए ।
प्रतिक्रिया