जसपालाई उपराष्ट्रपति नदिन सत्ता गठबन्धनलाई बाह्य दबाब ! – Nepal Press

जसपालाई उपराष्ट्रपति नदिन सत्ता गठबन्धनलाई बाह्य दबाब !

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँगको गठबन्धन तोडेर पहिलेकै गठबन्धनमा फर्किने निर्णय गरेकै दिन राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने सहमतिबाट एकाएक कांग्रेस र माओवादी पछि हटेपछि जसपा नेताहरुले आशंका व्यक्त गरेका छन् ।

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने सहमति भएकै दिन जसपालाई उपराष्ट्रपति दिने निर्णय बाहिर आएर पत्रकारलाई समेत जानकारी दिइएको थियो । जसपा नेता अशोक राईले यसअघिको समझदारीबाट पछि हट्नुको कारण बुझ्न नसकिएको बताए ।

स्रोतका अनुसार जसपालाई उपराष्ट्रपति दिनेमात्र होइन सरकारमा सामेल गर्ने कुरामा समेत आशंका उत्पन्न भइरहेको छ । विशेषगरी प्रधानमन्त्री र कांग्रेस शीर्ष नेतृत्वमाथि उपेन्द्रलाई सरकारमा सामेल नगर्न बाह्य दबाब समेत परेको जसपा नेताहरुको दावी छ ।

त्यसैले उपराष्ट्रपतिको समझदारीबाट पछि हट्न उनीहरुले निर्वाचन आयोगको निर्णयको हबाला दिइरहेको नेताहरु बताउँछन् । जसपाले राष्टपति चुनावमा सत्ता गठबन्धनको साटो एमालेलाई समर्थन गरेको भए राप्रपा र रास्वपालगायतका दलहरुले समेत सुवास नेम्वाङलाई मत दिएर परिणाम उल्टिने अवस्था आउने थियो भन्ने दावी जसपा नेताहरुको छ ।

गत निर्वाचनअघि पनि अन्तिम घडीमा कांग्रेस र माओवादीबाट धोका भएको भन्दै जसपाले एमालेसँग मिलेर चुनाव लडेको थियो । पछिल्लोपटक फेरि पहिलेकै गठबन्धनमा फर्किएका जसपालाई दिइएको बचनबारे राष्ट्रपतिमा मत लिइसकेपछि सत्ता गठबन्धनबाट बोली फेरिएको विषयमा एमाले बैठक समेत चर्चा भएको थियो ।

जसपाले यसअघि नै रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर यसबीचमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दावी गरे । यद्यपी रन्जिताको उमेर नपुगेका कारण जनमतकी ममता झालाई गठबन्धनले उम्मेदवार बनाएको छ ।

स्रोतका अनुसार जसपालाई उपराष्ट्रपति नदिन कांग्रेस र माओवादी नेतृत्वमाथि बाह्य दबाब समेत आएको छ । जनमत पार्टीले अघि सारेकी ममता झालाई उम्मेदवार बनाउन संवैधानिक व्यवस्था समेत देखाइएको बालुवाटार स्रोतले जनाएको छ । तर जसपाले महिला र पुरुष दुवै उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

एक नेताले भने–जसरी निर्वाचनअघि जसपालाई गठबन्धनबाट बाहिर लैजान भूराजनीतिक दबाब परेको थियो,अहिलेपनि त्यस्तै छ । खासगरी उपेन्द्र यादवलाई दक्षिणले पटक्कै रुचाएको छैन । सीके राउतलाई जिताएर उपेन्द्र हराउँने शक्तिले ने अहिले उपराष्ट्रपति नदिन दबाब बढाएको छ ।

उपेन्द्र भने रामसहायलाई उपराष्ट्रपति बनाएर आफू उपचुनावमार्फत संसदमा आउँन चाहान्छन् । तर भूराजनीतिक शक्तिहरु उपेन्द्रप्रति निरन्तर नकारात्मक छन् । यसबीचमा यादवविरुद्ध लोसपा,नागरिक उन्मुक्ति र जनमतलगायतका दलको मोर्चा बनाउँने प्रयास समेत भएको थियो ।

तर भूराजनीतिक शक्तिहरु उपेन्द्रप्रति निरन्तर नकारात्मक छन् । यसबीचमा यादवविरुद्ध लोसपा,नागरिक उन्मुक्ति र जनमतलगायतका दलको मोर्चा समेत बनाइएको छ । जुन मोर्चाको तर्फबाट ममता झालाई साझा उम्मेदवार प्रस्ताव गरिएको र सत्ता गठबन्धनले समर्थन जनाएको जनमत पार्टीकी सचेतक अनिता साहले बताइन् ।

यो मोर्चालाई मधेसमा उपेन्द्रको शक्ति अझ कमजोर बनाउँने भूराजनीतिक रणनीतिसहितको मधेसी थारु गठबन्धन मानिएको छ ।

प्रतिक्रिया

One thought on “जसपालाई उपराष्ट्रपति नदिन सत्ता गठबन्धनलाई बाह्य दबाब !

  1. उपराष्ट्रपतिको चुनावबाट दिल्लीले दुईवटा निशाना लगाईरहेको छ । एक, उपेन्द्रलाई राजनीतिमा अघि बढन नदिने । त्यसको लागि उसले सिकेलाई हनुमान बनाइसक्यो । दोश्रो, सके अहिले नभए २-४ महिनामा नै प्रचण्डलाई सरकारबाट हटाएर देउवालाई प्रधानमन्त्री बनाउने । प्रचण्डलाई सरकारबाट हटाउन गठबन्धनले ममतालाई भोट हालेपछि जसपा प्रचण्डसँग चिढिन्छ अनि विश्वासको मतमा प्रचण्डलाई भोट दिदैन ।त्यसपछि अन्य साना पार्टी ( लोसपा, जनमत, जनमुक्ति) लाई पनि भोट हाल्न नलगाएर प्रचण्डलाई खुस्काईदिने । यसमा रविको पार्टीले के गर्छ हेर्नू छ । हुन त त्याहाँ पनि मनिश झाहरूलाई दिल्लीले तयार पारिसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर