सिन्धुपाल्चोकमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच तालमेल, ६/६ सभापति लिने – Nepal Press

सिन्धुपाल्चोकमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच तालमेल, ६/६ सभापति लिने

सिन्धुपाल्चोक । चैत–५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारी बीच चुनावी गठबन्धन हुने भएको छ ।

दुवै विद्यार्थी संगठनका मात्तृ पार्टी एमाले र माओवादीका केन्द्र र जिल्ला स्तरका नेताहरु र विद्यार्थी संगठनका नेताहरु बिच बैठकबाट स्ववियु निर्वाचनमा दुवै संगठन गठबन्धन गरेर जाने सहमती भएको हो ।

जिल्लाका १२ क्याम्पस मध्ये एमाले निकट अनेरास्ववियु ले छ र क्रान्तिकारीले छ क्याम्पसमा सभापति लिने समझदारी भएको अनेरास्ववियु सिन्धुपाल्चोकका अध्यक्ष लक्ष्मण सिलवालले जानकारी दिए ।

दुवै संगठनका जिल्ला अध्यक्षहरुले सयुक्त विज्ञप्ति जारी गरेर स्ववियु निर्वाचनमा बिचार मिल्ने संगठनहरु बिच कार्यगत एकता भएको बताएका छन् ।

दुई संगठनबीच भएको सहमति अनुसार एमाले निकट अनेरास्ववियुले सुनकोशी बहमुखी क्याम्पस, ठोकर्पा बहुमुखी क्याम्पस, जुगल बहुमुखी क्याम्पस, अभयानन्द क्याम्पस, इन्द्रावती बहुमुखी क्याम्पस र मेलम्ची भ्याली क्याम्पस मा स्ववियु सभापति लिने समझदारी भएको छ ।

त्यस्तै माओवादी निकट अखिल क्रान्तिकारीले अरनिको कलेज, ककलिङ क्याम्पस, जलविरे भ्याली क्याम्पस, चौतारा बहुमुखी क्याम्पस, पाँचपोखरी क्याम्पस र सिन्धु भ्याली क्याम्पसमा सभापति लिने सहमति भएको अखिल क्रान्तिकारी सिन्धुपाल्चोकका अध्यक्ष क्षितिज तामाङले जानकारी दिए ।

सभापति लिएको संगठनले सचिव र कोषाध्यक्ष नलिने विद्यार्थी संगठनहरु बीच सहमति भएको छ । त्यस्तै संगठनको मतभार अनुसार पहिलो हुनेलाई उपसभापति र दोस्रो हुनेलाई सह–सचिव दिने दुवै विद्यार्थी संगठनहरु बीच सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर