कूटनीति सम्बन्धमा वर्षौंपछि जोडिए साउदी र इरान, चीनले गर्‍यो मध्यस्थता – Nepal Press

कूटनीति सम्बन्धमा वर्षौंपछि जोडिए साउदी र इरान, चीनले गर्‍यो मध्यस्थता

काठमाडौ । पश्चिम एशियाका दुई शक्ति इरान र साउदी अरबले कूटनीति सम्बन्ध सुधार गरेका छन् । चीनको मध्यस्थतामा बेइजिङमा दुई देशको सम्बन्ध सुधार भएको दुवै देशका मिडिया तथा अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

अलजजिराका अनुसार इरान र साउदी अरबले धेरै वर्षबाट बन्द भएको दूतावास स्तरको सम्बन्ध पुनः संचालन गर्ने भएका छन् । सिया बाहुल्य इरान र सुन्नी बाहुल्य साउदी अरबको सिरियादेखि येमन युद्धमा फरक-फरक कित्ता छ ।

दुवै देशले कूटनीतिक दुश्मनीबाट दोस्तीमा आएको घटनाले दुई देश मात्रै नभएर पश्चिम् एशियामै प्रभाव गर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *