रुपन्देही सुपर लिग: न्यु होराइजन विजयी – Nepal Press

रुपन्देही सुपर लिग: न्यु होराइजन विजयी

रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरमा ३६.३ ओभरमा सबै विकेटको नोक्सानीमा १३८ रनको सामान्य योगफल बनायो । उसका लागि संगम पाण्डेले ४५, अमर मिश्राले २४ र राहुल भण्डारीले १५ रन बनाए ।

बलिङमा बुटवलका सुन्दर आलेले ४, शिव कुँवरले २ तथा अमर श्रेष्ठ, दामोदर मरासिनी र अलदीप क्षेत्रीले समान १–१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको बुटवल राइनोज ३३.२ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न ८.२ ओभर बलिङ गरेका न्यु होराइजनका विप्रशन केसीले १ मेडन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै शुभम खनाल र अमर मिश्राले समान २–२ विकेट लिए ।

बुटवलका सोहन भण्डारीले २७, शिव कुँवरले २१, दीपेश रोक्का र अरविन सारुमगरले १०–१० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । न्यु होराइजनका विप्रशन केसी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । चैत्र ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताका म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर