नेकपा एसको कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशन सुरु – Nepal Press

नेकपा एसको कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशन सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालको प्रथम केन्द्रीय अधिवेशन सुरु भएको छ ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंक प्रशिक्षण केन्द्रमा सुरु भएको अधिवेशनले २७ गते नयाँ नेतृत्व पाउने केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्रकाश राईले नेपाल प्रेसलाई बताए ।

राईका अनुसार ५०७ जना प्रतिनिधिहरु सहभागी सम्मेलनको मूल नारा ‘क्षतिपूर्तिसहितको सेवा प्रवाह, सामाजिक सुरक्षा र श्रमको सम्मान- सम्पूर्ण सरकारी कर्मचारीको एकीकृत संगठन, हाम्रो अभियान’ रहेको छ ।

स्थापनाको एक वर्षमै जिल्ला, विभागीय र प्रादेशिक गरेर १०३ अधिवेशन भइसकेको भन्दै राईले प्रथम केन्द्रीय अधिवेशनले नयाँ दृष्टिकोण अघि सार्नेसमेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर