‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ गीत ट्रेन्डिङ नम्वर १ मा – Nepal Press

‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ गीत ट्रेन्डिङ नम्वर १ मा

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ बोलको गीत ट्रेन्डिङ नम्वर १ मा परेको छ। दुई दिन अघिमात्र रिलिज भएको उक्त गीतलाई दर्शकले १२ लाख पटक हेरेका छन्।

चलचित्र रिलिज अगावै गीत टिकटकमा भाइरल भइसकेको थियो। ट्रेलरमा राखिएको गीतको थोरै अंशले दर्शकको राम्रो साथ पाएको थियो। टिकटकमा भाइरल भएपछि चलचित्र रिलिज भएको केही समयमा नै उक्त गीत युट्युब सार्वजनिक गरियो। सार्वजनिक गीत अहिले ट्रेन्डिङको पहिलो स्थानमा छ।

गीत जसरी नै चलचित्रले पनि दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चलचित्र रिलिज भएको हप्ता बितिसक्दा पनि हलमा दर्शकको चाप घटेको छैन।

दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रले घरेलु बक्स अफिसमा रेकर्ड राख्ने अनुमानसमेत धेरैले गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *