उपराष्ट्रपति जसपालाई दिन चार शीर्ष नेताहरूबीच ‘भद्र सहमति’ – Nepal Press

उपराष्ट्रपति जसपालाई दिन चार शीर्ष नेताहरूबीच ‘भद्र सहमति’

मनिष सुमन भन्छन्- शीर्ष तहमा भएको सहमति पूर्णबहादुरजीलाई थाहा नहुन सक्छ

काठमाडौं । जनता समाजवादी पार्टीले (जसपा)ले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने गठबन्धनमा भद्र सहमति भइसकेको दाबी गरेको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने सहमति भइनसकेको बताएपछि जसपाको प्रवक्ता मनिष सुमनले यस्तो दाबी गरेका हुन् ।

उनले नेपाल प्रेससँग भने, ‘हामीलाई उपराष्ट्रपति दिने विषयमा कांग्रेस, माओवादी, नेकपा एससँग भद्र सहमति भएको हो। हामीले त्यही अनुसार हिजो उम्मेदवारको टुंगो लगाएका हौं ।’

तर, कांग्रेस उपसभापतिले जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छैन भन्ने अभिव्यक्ति दिनुभएको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘यो सहमति चार दलको शीर्ष नेताहरूबीच भएको हो । पूर्णबहादुरजीलाई जानकारी नहुन सक्छ ।’

चार दलको शीर्ष नेताहरूबीच भएको सहमति कार्यान्वयनको विषयमा थपिएका अन्य गठबन्धन दलसँग पनि छलफल हुने उनको भनाई छ ।

तर, गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसक्यो भन्ने प्रश्नमा उनले थपे, ‘चार दलबीचको सहमति हो । उहाँहरू पछि जोडिनुभएको हो । त्यसैले उहाँहरूले दाबी गर्न पाउनुहुन्छ । त्यसबारेमा गठबन्धनमा आवश्यक छलफल हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर