तीन ब्याटरको उत्कृष्ट प्रदर्शनमा पीएनजीले यूएईलाई दियो २४७ रनको चुनौतिपूर्ण लक्ष्य – Nepal Press

तीन ब्याटरको उत्कृष्ट प्रदर्शनमा पीएनजीले यूएईलाई दियो २४७ रनको चुनौतिपूर्ण लक्ष्य

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग २अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी(पीएनजी) ले यूएईलाई २४७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पीएनजीले शीर्षक्रमका तीन ब्याटरले अर्धसतकीय इनिङ प्रेरित निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार पार्यो ।

पीएनजीका सेसे बाउले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । उनले १ सय ६ बल खेल्दै १० छक्का प्रहार गरे । ओपनर किप्लिन डोरिगा पहिलो विकेटका लागि हिरीहिरीसँग अर्धसतकीय साझेदारी गर्दै ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ नमा आउट भए ।

हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७ रन योगदान गरेर आर्यन अफजल खानको बलमा बोल्डआउट भए । शीर्ष क्रमका तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दा मध्य क्रमका चाड सोपर र नोर्मान भानुवाले समान १० रन योगदान गरे । पीएनजीका अन्य ब्याटले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईको बलिङमा आर्यन अफजल खानले १० ओभरमा तीन मेडन राख्दै ३४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । जाहुर खान र जुनाइद सिद्दीकीले समान दुई विकेट लिँदा, रोहन मुस्तफा र कार्थिक मियाप्पनले एक–एक विकेट लिए ।

यसअघि, यूएईलाई उस्कै घरेलु मैदानमा लगातार दुई खेल हराएको पीएनजी उक्त जितलाई निरन्तरता दिने लक्ष्यमा छ ।यूएईलाई शिर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउनकै लागि नेपालमा कम्तिमा तीन खेल जित्नु पर्ने दबाव छ ।

पीएनजी पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर