सानिमा मिडल तमोरको आईपीओ खुल्यो – Nepal Press

सानिमा मिडल तमोरको आईपीओ खुल्यो

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला भएको छ । फागुन २६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको हाे।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो।

यसमध्ये बैदेशिक रोजगारमा गएका र सामुहिक लगानी कोषका लागि बिक्रि गरेर बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको हो ।  यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

यसको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले सानिमा मिडल तमोरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *