नवनिर्वाचित राष्ट्रपति पौडेलको आह्वान: देशले पटक-पटकको प्रयोग धान्न सक्दैन, राष्ट्र निर्माणमा लागौँ (भिडिओ) – Nepal Press

नवनिर्वाचित राष्ट्रपति पौडेलको आह्वान: देशले पटक-पटकको प्रयोग धान्न सक्दैन, राष्ट्र निर्माणमा लागौँ (भिडिओ)

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको व्यवस्थालाई जोगाउनुपर्ने आजको चुनौती भएको बताएका छन्।

बीपी संग्रहालय सुन्दरीजलमा पुगेर उनले यस्तो बताएका हुन्। उनले भने, ‘देशले पटक पटकको प्रयोग धान्न सक्दैन। यो राष्ट्रलाई उन्नति गर्ने समय चाहिन्छ। राजनीतिक स्थायित्व चाहिन्छ। जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्नुपर्छ। त्यो अवसरलाई सदुपयोग गर्न हामी प्रतिबद्ध छौं।’

जनतामा निराशा देखिएको उल्लेख गर्दै अब नयाँ आशका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ। सुशासनबाटै देशको उन्नति हुने भएकाले सबैको ध्यान त्यतातिर जानुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर