प्रचण्डविरूद्धको मुद्दा ईश्वर खतिवडाको इजलासमा – Nepal Press

प्रचण्डविरूद्धको मुद्दा ईश्वर खतिवडाको इजलासमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ ।

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा परेपछि आज फेरि पेसी तोकिएको हो । उक्त रिटको न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा परेको हो ।

३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका छन् ।

प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर