राष्ट्रपति चुनावको प्रतिवेदन आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै – Nepal Press

राष्ट्रपति चुनावको प्रतिवेदन आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदैछ ।

राष्ट्रपति निर्वाचनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट शुक्रबार मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागिएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर