गुल्मीमा स्ववियु निर्वाचनका लागि बन्यो बामपन्थी गठबन्धन – Nepal Press

गुल्मीमा स्ववियु निर्वाचनका लागि बन्यो बामपन्थी गठबन्धन

एमाले, माओवादी र विप्लव निकट नेकपाले यसरी गरे सहमति

रुपन्देही । गुल्मीमा स्ववियु निर्वाचनका लागि नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा माओवादीले गठबन्धन गरेका छन् ।

चैत ५ गते हुन लागेको निर्वाचनका लागि केन्द्रमा अन्य गठबन्धन भएपनि जिल्लामा उनीहरुले अलग्गै गठबन्धन गरेका हुन् । बिहीबार नेकपा एमाले जिल्ला सचिव गणेश श्रीपाली माओवादी केन्दका जिल्ला सचिव अशोक थापासहित तीनै पार्टीका विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुले गठबन्धनको सहमति गरेका हुन् ।

उनीहरुले ६ बुँदे सहमति गर्दै जारी गरेको संयुक्त विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अरू बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरूको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

सहमति पत्रमा एमाले पार्टी सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका पार्टी सचिव अशोक थापा मुक्ति, अनेरास्ववियुका अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष राजन पोखरेल र अखिल क्रान्तिकारी संयोजक राज खड्काले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार जिल्लाका ११ वटा क्याम्पसहरुमध्ये अनेरास्ववियुले रेसुङ्गा, रुद्रावती, मानका टिकाराम, सत्यवती, रुरु, दिगामसहित ६ वटामा र अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट, जनज्योति, चन्द्रकोट र रुरुसहित चार वटा क्याम्पसमा नेतृत्व लिने निर्णय भएको छ ।

त्यस्तै, श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ । नेतृत्व लिने क्याम्पसमा विपरीत संगठनले स्वतः सचिव पद पाउने सहमति भएको छ । वामपन्थी एकताको सन्देश दिनेगरी यस्तो सहमति गरिएको एमाले सचिव गणेश श्रीपालीले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर