पारसले सन्दीपको तस्विर राख्दै दिए बधाई – Nepal Press

पारसले सन्दीपको तस्विर राख्दै दिए बधाई

काठमाडौं । विश्वकप लिग- २ अन्तर्गत घरेलु मैदानमा बिहीबारदेखि सुरु भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले हराएपछि पूर्वकप्तान पारस खड्काले जीतका दुई नायक सन्दीप लामिछाने र आसिफ शेखको बेग्लाबेग्लै तस्विर राखेर बधाई दिएका छन् ।

पीएनजीविरुद्ध नेपालको यस सफलतामा सन्दीपले ४ विकेट लिएका थिए भने आसिफले ११० रनको शतकीय पाली खेलेका थिए।

यसअघि यूएईमा भएको श्रृंखलामा नेपालले सन्दीप र आसिफको कीर्तिमानी साझेदारीमा पीएनजीलाई हराएपछि पारसले फेसबुकमा आसिफको मात्र तस्विर राख्दा फ्यानले चर्को आलोचना गरेका थिए । पछि उनले ट्वीटरमा भने दुवैको तस्विर राखेका थिए ।

बलात्कारको आरोपमा धरौटीमा छुटेका सन्दीपलाई राष्ट्रिय टोलीमा राखिएको विषयमा चर्को आलोचना भएको थियो । तर, सन्दीपले पुनरागमनयता सानदार प्रदर्शन गरिरहेका छन् । उनले त्यसयता खेलेका ८ खेलमा २२ विकेट लिएका छन् । उनले अलराउन्डर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर