दीपेन्द्रको दोस्रो विकेटमा नेपाललाई चौथो सफलता – Nepal Press

दीपेन्द्रको दोस्रो विकेटमा नेपाललाई चौथो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले चौथो सफलता पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाललिे दिएको २९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुआत गरेको पीएनजीका चाल्र्स अमिनीलाई बोल्ड आउट गर्दै दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिए ।

आफ्नो स्पेलको सातौं आभेर बलिङमा आएका दीपेन्द्रले दोस्रो बलमा अमिनीलाई आउट गरे । यसअघि, उनले सेसे बाउको विकेट लिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर