रामचन्द्र पौडेलसँग फोटो खिच्न झुम्मिएका सांसद (तस्बिरहरू)
काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान जारी छ ।
मतदान चलिरहँदा ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग फोटो खिचाउने सांसदहरूको भीड पनि बढेको छ ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग मैदानमा रहेका पौडेल निर्वाचित हुने निश्चित प्राय: छ । संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान जारी रहँदा विश्राम कक्षमा रहेका पौडेलसँग सांसददेखि सर्वसाधारणसम्मलाई फोटो सेसनका लागि भ्याईनभ्याई छ ।
फोटो खिज्नका लाइन लागेकी कांग्रेस सांसद रुपा विकले भनिन्, ‘साँझदेखि उहाँलाई भेट्न त के नजिक जान पनि पाइँदैन । अहिले फोटो खिचिहाल्न पर्यो ।’
नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठसँग बसेर गफिरहेका बेला फोटो खिच्नेको भिडभाड बढेपछि पौडेल उठेर बाहिरिएका थिए ।