राष्ट्रपति चुनावमा लौरोका सांसदले स्वविवेक प्रयोग गर्ने
नेपाल प्रेस
२०७९ फागुन २५ गते ९:४५
काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सांसदहरुले राष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गर्ने अधिकार पाएका छन् ।
सो पार्टीको आज बसेको बैठकले सांसदहरुलाई आफ्नो विवेकअनुसार मतदान गर्न दिने निर्णय गरेको हो ।
अहिलेको परिस्थिति र जनताको चाहना अनुसार आफ्नो विवेक प्रयोग गरी राष्ट्रपतिमा मतदान गर्न आह्वान गरिएको पार्टीका प्रवक्ता ई डिल्लिश्वर कार्कीले बताए ।
सो पार्टीमा बागमती प्रदेशबाट दुईजना सांसद रहेका छन् ।
प्रतिक्रिया