मन्त्रिपरिषद् बैठक : सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक आजै दर्ता गर्ने निर्णय
काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसदमा दर्ता गर्ने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।
माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने निर्णय गरिएको थियो ।
सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ ।
यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय पनि भएको छ ।