माओवादीलाई नै साक्षी राखेर परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको छ, सशक्त प्रतिवाद गछौं: देवेन्द्र पौडेल – Nepal Press

माओवादीलाई नै साक्षी राखेर परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको छ, सशक्त प्रतिवाद गछौं: देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएकाहुन् ।

‘माओवादीलाई नै उभ्याएर देशी विदेशीशक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए,’उनले भने, ‘त्यसैको संकेतका रुपमा अदालतको प्रकरण बुझ्न सकिन्छ यसको लागि हामीले प्रतिवाद गछौं ।’

२०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोल्टिक भाषा भएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे । ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’भाषा हो, अदालतमा लैजानु गम्भीर क्रुटी हो,’ उनले भने,‘हामीले राजनीतिक, बैचारिक रुपले सशक्तप्रतिवाद गछौं’

शान्ति प्रक्रियाका विषयहरु टुंग्याउन माओवादीहरु एकठाउँमा आउनु विकल्प नभएको उनको भनाइ छ ।

अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी विदेशी शक्तिहरु लागि परिरहेको बताउँदै पूर्वमाओवादीहरु एक ढिक्का हुुनुपर्ने बताए ।‘माओवादी आन्दोलनमा भएका साथीहरु एक ठाउँमा हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामी छुटिँदा हाम्रा मुद्दाहरु कमजोर भए गम्भीर समीक्षा गरेर अघि बढ्छौं ।’

विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिलेहरुले न्यायलयलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाएका छन् ।
‘शान्ति प्रक्रियामा भूमिकै नभएकाले न्यायलयलाई प्रभावित पार्न खोजेका छन्,’ उनले भने, ‘बृहत शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको छैन ।’

माओवादी आन्दोलन र तत्कालीन ७ दलबीच भएको सहमति विपरित केही तत्वहरुले अहिलेको प्रणालीको मजा लिइरहेको बताउँदै हिजो भएका सहमतिलाई उल्लंघन गर्नु गम्भीर गल्ती भएको बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले कामगर्न ढिलाई भएको बताउँदै सहमति भएका मुद्दा उल्टाउनुले देशलाई गृहयुद्धतिर धकेलिएको बताए । ‘द्वन्द्वकालीन मुद्धा टुंग्याउन ढिला भएका छन्,’ उनले भने,‘तीनैलाई आधार मानेर अराजक तत्वहरुले देशलाई फेरि द्वन्द्वमा धकेल्ने षड्यन्त्र गरिरहेका छन् यसको प्रतिवादका लागि सम्पूर्ण माओवादी एक ठाउँमा हुन आवश्यक छ ।’

संक्रमणकालिन न्यायका मुद्दा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै यी विषय टुंग्याइने बताए । राजतन्त्र फर्काउन कहिले कञ्चनपुर कहिले झापाबाट गम्भीर प्रकारका वक्तव्य र क्रियाकलाप भइरहेको बताउँदै देशलाई गृह युद्धतिर धकेल्ने र राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए ।

‘न्यायपालिकालाई सम्मान गछौं, व्यक्ति र व्यक्तित्वले हमलादिएर देशमाभएको सहमतिलाई उल्लंघन गर्न खोजिएको छ त्यसको सबैठाउँबाट सशक्तप्रतिवाद गछौं’ उनले भने । माओवादी पार्टी नभइविचार, आन्दोलनर दृष्टिकोण भएकाले अहिलेको संविधान जारी भएको बताए । मंगलबार द्वन्द्वकालीन सम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्त तातिएको छ ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मालिने अभिव्यक्ति दिएका थिए । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले मंगलबार रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

One thought on “माओवादीलाई नै साक्षी राखेर परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको छ, सशक्त प्रतिवाद गछौं: देवेन्द्र पौडेल

  1. तिमीहरू लुटेरा के को परिवर्तनको पक्षमा ? तिमी शिक्षा मन्त्री भएको वेलाको किताव विद्यार्थीले अहिलेसम्म पनि पाएका छैनन । गफ दिने ? गरिवका छोराछोरीले पढने किताव एक वर्षसम्म दिलाउन नसक्नेले अझै खोक्ने ? लाज छैन ? दिल्लीका दलालहरू अझ परिवर्तनको राग अलाप्छन् । देशका गद्दार हुन यी माओवादी भनेका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर