राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै कमल थापा भन्छन्- तपाईँ अविस्मरणीय रहनुहुनेछ – Nepal Press

राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै कमल थापा भन्छन्- तपाईँ अविस्मरणीय रहनुहुनेछ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन्।

फागुन २९ गते आफ्नो कार्यकाल सकिएर बिदा हुन लागेकी राष्ट्रपति भण्डारीले राष्ट्रहित विपरीतका विषयमा अडानको लिएकै कारण सदैव अविस्मरणीय रहेको उनको भनाइ छ।

‘नेपालको इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाएकी विद्यादेवी भण्डारी फागुन २९ मा निवृत्त हुनुहुनेछ’ उनले फेसबुकमा लेखेका छन्, ‘आलोचना सबैको हुन्छ। तर, राष्ट्रहित विपरीतको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण सदैव अविस्मरणीय रहनुहुनेछ।’

उनले आलोचना सबैको हुने उल्लेख गर्दै नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा रोकेकोप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

One thought on “राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै कमल थापा भन्छन्- तपाईँ अविस्मरणीय रहनुहुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर