बाबुरामको आग्रह- द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बनौं – Nepal Press

बाबुरामको आग्रह- द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बनौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा गिजोल्ने नभएर सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले आयोगमार्फत यस विषयलाई छिटो हल गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने धारणा राखेका छन् ।

उनले लेखेका छन्, ‘द्वन्द्वकालीन मुद्दा गिजोल्ने हैन सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत छिटो हल गर्न सबै पक्ष गम्भीर बनौं । ’

आज बिहान बालुवाटारमा ८ दलको बैठक बसेर यस मुद्दालाई राजनीतिक तवरबाट टुंगो लगाउन एकजुट भएको उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा पीडितहरुले मुद्दा दायर गरेपछि ८ दलले संयुक्त विज्ञप्ति निकाल्दै मुद्दा दायर गरिनु षड्यन्त्र भएको दाबी गरे ।

‘संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर