सिंहदरबारमा आठदलीय गठबन्धनकाे बैठक बस्दै – Nepal Press

सिंहदरबारमा आठदलीय गठबन्धनकाे बैठक बस्दै

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ ।

बैठक अहिले केहीबेरमै नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा उक्त आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर