राष्ट्रपतिमा भोट माग्न राप्रपा नेताहरुसँग छलफलमा पौडेल – Nepal Press

राष्ट्रपतिमा भोट माग्न राप्रपा नेताहरुसँग छलफलमा पौडेल

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा आफूलाई मत माग्न नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँग भेट गरेका छन् ।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् ।

राष्ट्रपति उम्मेदवार पौडेलले राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनसँगै अन्य नेता तथा सांसदहरुसँग अहिले भेट गरिरहेका छन् ।

पौडेलले आजै बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए ।

सत्ता गठबन्धनका आठ दलको साझा उम्मेदवार पौडेल अहिलेको मतभारअनुसार राष्ट्रपति निर्वाचित हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर