सहकारीकै सञ्चालकले लिएको ऋण उठाउन कठिन भयो: नेफ्स्कुन – Nepal Press

सहकारीकै सञ्चालकले लिएको ऋण उठाउन कठिन भयो: नेफ्स्कुन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले सहकारीकै सञ्चालकहरुले लिएको ऋण उठाउन कठिन भएको जनाएको छ ।

व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशप्रसाद पोखरेलले सहकारीका सञ्चालक तथा उपसमितिले लिएको ऋणको भाखा नाघेको बढी देखिएको बताए ।

‘अरुको ऋण उठाउन पटक-पटक ताकेता गर्न सकिने भयो’, उनले भने, ‘तर, सञ्चालककै ऋण उठाउन अलि समस्या भयो ।’

पछिल्लो समय ऋण उठ्न समस्या हुँदा केही सहकारीमा समस्या देखिएको सीईओ पोखरेलको भनाइ छ ।

यसपटकको गोष्ठीमा के कारणले सहकारीमा ज्वरो आएको हो सोको कारण तथा समाधान पत्ता लगाइने नेफ्स्कुनका उपनिर्देशक सञ्जयराज तिमल्सिनाले बताए ।

गोष्ठी यही फागुन २४ र २५ गते काठमाडौंमा हुँदैछ । ४५० जनाभन्दा बढीको सहभागिता रहने गोष्ठीमा विश्व ऋण परिषद (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल बनाउन योगदान गर्ने विभिन्न सरोकारवालाबाट ७ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *