बाबुराम भट्टराईको स्पष्टीकरण- जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन – Nepal Press

बाबुराम भट्टराईको स्पष्टीकरण- जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफ्नो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिने क्रममा सो धारणा राखेका हुन ।

‘सानो स्पष्टीकरण: बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन्, ‘तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौँ ।’

गत शुक्रवार सर्वोच्च अदालतले फौजदारी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क वितर्क भइरहेको बेला माओवादी नेताहरूले हिजो त्यसको प्रतिवाद गरेका थिए ।

सत्तारुढ ९ दलले जनयुद्धकालीन अर्थात् सङ्क्रमणकालीन मुद्दा अघि बढाउन सत्य निरूपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

One thought on “बाबुराम भट्टराईको स्पष्टीकरण- जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन

  1. टिआरसिले कहिले हेर्ने ? अपराध गर्ने र पिडित मरिसकेपछि ? वाहियात कुरा गर्ने ? दिल्लीका एजेण्टहरूलाई किन चाहियो टिआरसि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर