गाउँ पुगेका एमाले नेतासँग खानेपानी माग्छन् कार्यकर्ता – Nepal Press

गाउँ पुगेका एमाले नेतासँग खानेपानी माग्छन् कार्यकर्ता

विराटनगर । एमालेकी केन्द्रीय सदस्य विष्णुमाया विश्वकर्मा सङ्खुवासभा सभाको सभा पोखरी गाउँपालिकामा छन् । उनी एमालेले सुरु गरेको मिसन ग्रास रुट अभियान अन्तरगत सङ्गठन विस्तार र सुदृढीकरण अभियानका क्रममा सभा पोखरी पुगेकी हुन् ।

गाउँमा पुग्दा पार्टीका कार्यकर्ता र शुभेच्छुकले खानेपानी माग्ने गर्छन् । ‘हामी जनताको घर घरमा पुगेका छौँ । घरमा पुग्दा जनताले हामीलाई खानेपानी मागेका छन् ।’

विकलाई स्थानीयले दुर्गम बस्तीहरूमा खानेपानीको समस्या रहेको गुनासो सुनाइरहेका छन् । गुनासोलाई स्थानीय तहबाट सम्बोधन हुने विषय, जिल्ला तह, प्रदेश तह र सङ्घीय सरकारको तहबाट सम्बोधन हुने विषयहरूलाई प्राथमिकीकरण गरेर टिपोट गर्ने गरिएको उनले बताइन ।

ग्रास रुट अभियान अन्तरगत सुरुका दिनमा जिल्ला स्तरीय भेलाबाट पालिकाको योजना बनाइएको थियो । अहिले वडा तहमा कार्यक्रमहरू भइरहेको छ ।

उनले भनिन्, ‘ग्रास रुट अभियानमा भएका कार्यक्रममा नै नागरिकले आफ्नो समस्या सुनाउँदै आएका छन् । प्रारम्भिक चरणमा खानेपानीका समस्याहरू प्रशस्तै आएका छन् । हामी अभियानमा हाम्रा कुराहरू पनि सुनाउँदै नागरिकका गुनासो टिप्दै हिँडेका छौँ ।’

संखुवाभाको पाँचखपन नगरपालिका, सभा पोखरी गाउँपालिका, सिलिचोङ गाउँपालिका र खाँदवारि नगरपालिकामा एमालेले विष्णुमाया विक र टिकाराम चेम्जोङलाई केन्द्रीय प्रतिनिधि पठाएको छ भने चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादीमा रमेश पौडेल तथा चिचिला, भोट खोला, मकालु गाउँपालिकामा पासाङ शेर्पालाई केन्द्रीय प्रतिनिधि पठाएर अभियान चलाएको छ ।

विकासका कुराहरू, स्थानीय आवश्यकताको कुरालाई दोस्रो चरणमा गम्भीर छलफल हुने अभियानमा खटिएका पासाङ शेर्पाले बताए ।

‘कमिटीहरूको बैठक, पार्टी कामको तयारीमा व्यस्त छौँ, उनले भने, जनसङ्गठनहरूको भेला सकिएपछि प्रशिक्षण हुन्छ, त्यो सकिएपछि जनतासँग अन्तरसंवाद हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर