गठबन्धन बैठक चलिरहँदा बालुवाटारमाथि उड्याे अनधिकृत ड्राेन (भिडिओ) – Nepal Press

गठबन्धन बैठक चलिरहँदा बालुवाटारमाथि उड्याे अनधिकृत ड्राेन (भिडिओ)

प्रधानमन्त्री निवास माथिको आकाशमा केही दिनअघि पनि उडेको थियो ड्रोन

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा अनधिकृत ड्रोन उडेको छ ।

गठबन्धन बैठक चलिरहँदा ६ बजेर १० मिनेटमा ड्रोन उडेको हो । उत्तरदेखि दक्षिणतिर उडेको ड्रोन पुनः दुई मिनेटमा सोही दिशामा ड्रोन फर्केको थियाे ।

केही मिनेटसम्म त्यस क्षेत्रमा ड्रोन उडेको तर सुरक्षाकर्मीहरुले कुनै एक्सन लिएनन् । उनीहरुले हेरे मात्रै । ड्रोन केही बेरसम्म उडेको थियो ।

बालुवाटारमा उडेको अनधिकृत ड्रोन खोज्ददै सेनाको ड्रोन

सुरक्षाकर्मीहरुलाई पूर्वअनुमति लिइएकोबारे जिज्ञासा राख्दा पूर्वसूचनाका लागि कुनै जानकारी नआएको बताए । यस विषयमा अनुसन्धान सुरु गरिएको सुरक्षाकर्मीले जनाएका छन् ।

त्यस्तै, अनधिकृत ड्रोन उडेपछि बालुवाटार सुरक्षा निकायले त्यसको खोजीका लागि ड्रोन उडाएको छ ।

प्रधानमन्त्री निवास माथिको आकाशमा केही दिनअघि पनि उडेको थियो ड्रोन

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास माथीको आकाशमा आइतबार अनधिकृतरुपमा ड्रोन उडाइएको छ । ड्रोन कसले उडाएको भन्ने यकिन हुन सकेको छैन ।

उडाइएको ड्रोनको खोजी भइरहेको सुरक्षा स्रोतले जनाएको छ । केही दिनअघि पनि प्रधान मन्त्रीको सरकारी निवासमाथिको आकाशमा ड्रोन उडाइएको थियो ।

तर सुरक्षा निकायले उक्त ड्रोन नियन्त्रणमा लिन सकेनन् नत त्यो कसले उडाएको थियो भन्ने पहिचान नै हुन सक्यो । ‘झिलिक्क देखिएको थियो तर त्यो पछि हरायो। भेटाउन सकिएन’, एक सुरक्षा अधिकारीले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर