ओलीको दाबी- मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मारिए (भिडिओ) – Nepal Press

ओलीको दाबी- मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मारिए (भिडिओ)

‘कांग्रेसले डेमेक्रेसीको रक्षाका लागि भन्दै मान्छे मार्न थाल्यो'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि छानबिनको प्रसंगमा थप २१ जनाको हत्या भएको दाबी गरेका छन् ।

उनीहरुको २०५० जेठ ३ गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । तर, यो दुर्घटनालाई रहस्यमय रुपमा मानिँदै आएको छ ।

त्यही घटनाको प्रसंग कोट्याउँदै आइतबार सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘मदन भण्डारी र जीवराज आश्रितको हत्या भयो । त्यस सम्बन्धमा हामीले छानबिन गर्न माग गर्यौं । त्यस प्रसंगमा मात्रै २१ जनालाई गोली हानेर हत्या गरियो । छानबिन आयोग बनाएर छानबिन गर्देउ भन्दाखेरि २१ जनाको हत्या भयो । थुप्रै ठाउँमा देशभरी हत्यो भयो । झापामा डिल्ली गौतमको हत्या भयो । त्यसभन्दा अघि २०३७ साल फागुन १२ गते सिन्धुलीमा ऋषि देवकोटाको हत्या भयो । अरु गोप्य ढंगले अनेक । यसपछि हत्यापछि हत्या भयो ।’

पहिला एकदुई जनाको हत्या हुँदासमेत हल्ला भएपनि बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमेक्रेसी भएको उनको भनाइ छ ।
‘कांग्रेसले डेमेक्रेसीको रक्षाका लागि भन्दै मान्छे मार्न थाल्यो । शान्तिपूर्ण जुलुस पनि हुन नहुने । जनताको जीवनको कुनै मूल्य र अर्थ छैन भन्ने हिसाबले’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर