गायक तथा संगीतकार अमन प्रधान र सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ले चर्चा बटुल्दै – Nepal Press

गायक तथा संगीतकार अमन प्रधान र सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ले चर्चा बटुल्दै

काठमाडौं । गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ बोलको गीतले चर्चा बटुलेको छ ।

भावसागर युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतले नेपाली साङगितिक बजारमा यो गीतले चर्चा बटुल्न थालेको हो ।
कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकीजस्ता चर्चित म्युजिक भिडिओ निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडिओमा मोडल तथा नायक सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् ।

प्रेमकथामा आधारित गीतको म्युजिक भिडिओले युट्युब र टिकटकमा चर्चा बटुलिरहेको छ । मुलुकको समसामयिक अवस्थाले तीन वर्षदेखि विदेशमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडिओमा समेटिएको छ ।

चर्चित निर्देशक राजेशपुमा राइले भिडिओ रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गर्न सफल भएका छन् । गीतको शब्द वरिष्ठ गीतकार अम्बिका गुरुङले लेखेकी हुन् । वेष्टन पप जनरामा बनेको गीतको एरेन्ज/मिक्स/माष्टर राहुल प्रधानले गरेका छन्। यो गीतको संगीत, चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन ।

गायन र नृत्य कलामा अब्बल सुचिन्दा श्रेष्ठको यस अघि ‘एक चोटि आईदेउन’ बोलको गीत हाईलाईट्स नेपाल युट्युब च्यानलबाट रिलिज भै सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *