बिर्तामोड औद्योगिक महोत्सवमा मेजमानद्वारा १ लाख ५० हजार कप चिया बिक्री – Nepal Press

बिर्तामोड औद्योगिक महोत्सवमा मेजमानद्वारा १ लाख ५० हजार कप चिया बिक्री

झापा ।  बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवमा मेजमान चियाले १ लाख ५० हजार कप चिया बिक्री गरेको बताएको छ ।

फागुन ५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको सो महोत्सवमा सीता चिया तथा घरेलु मसला उद्योगबाट उत्पादित तथा प्याकेजिङ मेजमान चिया विक्री गरेको हो ।

उद्योग संस्थापक सीता सापकोटाले महोत्सवको आकर्षण र चियाको ब्रान्डिङलाई मद्दत पुगोस भनेर स्टल नै राखेर १ रुपैयाँ कप चिया बिक्री गरेको उनको छ ।

यसै वर्षदेखि नेपाली बजारमा आएको मेजमान चियामा इलाममा उत्पादित अर्थोडक्स (हातेपत्ती) पनि मिश्रण गरिएकाले उद्योगले बतायो ।

‘इलामको हावापानीमा उत्पादित उच्च गुणस्तरको अर्थोडक्स समिश्रण गरिएको हुँदा मेजमान चियाको स्वाद र विशेषता अन्य चियाभन्दा भिन्न छ,’ सापकोटाले भनिन् ‘चिया पारखीलाई केही फरक स्वादमा चिया चखाउन, महोत्सवमा दर्शक अवलोकनकर्ताको आकर्षण बढाउन र चियाको ब्रान्डिङका लागि हामीले १ रुपैयाँमा नै एक कप चिया बिक्री गरेका हौं । मेला अवधिमा करिब डेढ लाख कप चिया बिक्री भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *