नयाँ स्काई भोड्का सार्वजनिक – Nepal Press

नयाँ स्काई भोड्का सार्वजनिक

काठमाडौं । स्पिरिट उत्पादक कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको प्रिमियम भोड्का ब्रान्ड सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवं फरक स्वाद पस्किन रहेको बताएको छ ।

कम्पनीका हनुसार ५ पटक डिस्टिल गरि तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिंग टेस्ट छ, जसलाई निट वा ककटेलसँग पिउँदा उत्कृष्ट एवं मनमोहक स्वाद आउने जनाइएको छ ।

भोड्का कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध रहेका जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *