माधवको दाबी- केही होइन भन्नेहरूले प्रस्ताव ल्याए, ओलीको टिप्पणी- राष्ट्रपति बन भन्दा कांग्रेसलाई सोध्न गए (भिडिओ) – Nepal Press

माधवको दाबी- केही होइन भन्नेहरूले प्रस्ताव ल्याए, ओलीको टिप्पणी- राष्ट्रपति बन भन्दा कांग्रेसलाई सोध्न गए (भिडिओ)

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो भूमिका राष्ट्रिय राजनीतिमा बढेको भन्दै केही होइन भन्नेहरू पनि राष्ट्रपतिको प्रस्ताव लिएर आएको टिप्पणी गरेका छन् ।

नेकपा एसनिकट दलित संगठनको कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र त्यस्तो प्रस्तावलाई लिएर दुई थरी विचार आइरहेको बताए । उनले भ्रममा नपर्न समेत आग्रह गरे ।

नेपालले भने– हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्तावहरू ल्याइरहेका छन् । यस्ता प्रस्तावबाट माथिंगलहरु चक्कराइरहेको हुनसक्छ । कतिले राम्रो प्रस्ताव आएको थियो, मानिदिएको भए हुन्थ्यो भनेका छन । कतिपयले त्यस्ता प्रस्तावमा भ्रमित भएर चुर्लुम्म डुब्ने पो हो कि भन्ने चिन्ता जगाएको देखिन्छ । यसमा कोही भ्रमित हुनुपर्दैन ।

नेपालले आफ्नो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले पनि नजर अन्दाज गर्न नसक्ने बताए ।

यसअघि शनिवारै आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रपति बन भनेर माधव नेपाललाई प्रस्ताव गर्दा के गरौँ भन्दै रामचन्द्र पौडेल र कांग्रेस पार्टीलाई सोध्न पुगेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर