सत्ता गठबन्धन दल लक्षित ओलीको कटाक्ष- हिरोइनको उपस्थितिमा ८ दलको बैठक बस्यो रे, अब देशले गरी खाला (भिडिओ) – Nepal Press

सत्ता गठबन्धन दल लक्षित ओलीको कटाक्ष- हिरोइनको उपस्थितिमा ८ दलको बैठक बस्यो रे, अब देशले गरी खाला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७ दलीय गठबन्धनको बैठकमा एलिजा गौतम सहभागी भएकोप्रति कटाक्ष गरेका छन् ।

अभिनेत्री गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि गठबन्धनको बैठकमा सहभागी भएकी थिइन् ।

स्थानीय तह कर्मचारी संघको भेलालाई सम्बोधन गर्दै उनले हिरोइनको उपस्थितमा ८ दलको बैठक बसेको कारण अब देशमा सकारात्मक परिवर्तन आउन सक्ने भन्दै कटाक्ष गरे ।

उनले भने, ‘अब ८ दल पहिला जस्तो हैन, धेरै बलियो बनेर आएको छ । किन बलियो बनेर आएको छ भने, एक जना हिरोइनको गरिमामय उपस्थितिमा प्रचण्ड, शेर बहादुर जीहरूको बैठक बस्यो रे, अब देशले गरी खालाकी । देशले गरी नखाए पनि ८ दलले गरी खाला कि जस्तो देखियो ।’

उनले गठबन्धनलाई बिचार तथा दिशाहीनको संज्ञा समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर