प्रचण्डमाथि ओलीको आरोप – मालिक खुसी पार्न जनतालाई विष खुवाउछन्, चीनविरुद्ध गद्दारी हुँदैछ (भिडिओ) – Nepal Press

प्रचण्डमाथि ओलीको आरोप – मालिक खुसी पार्न जनतालाई विष खुवाउछन्, चीनविरुद्ध गद्दारी हुँदैछ (भिडिओ)

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धनबाट भागेको टिप्पणी गर्दै त्यसका संकेतहरु देखिन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्ने दिने र भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रधानमन्त्री आफैं अग्रसर हुनुले त्यसको संकेत गर्ने बताए ।

ओलीले भने– माथिल्लो मुस्ताङ जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न खोजियो ? यो चीनविरुद्धको गद्दारीमात्र होइन हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अश्वीकार गरेको हो । प्रधानमन्त्री यो देशलाई विदेशीहरुको खेल मैदान बनाउँन खोज्दैछन्, त्यहाँको युरेनियममा ध्यान दिइएको हो ।

ओलीले मुस्ताङमा ३१ सालमा भन्दा ठूलो स्केलमा विदेशी हस्तक्षेप बढाउन खोजिएको आरोप लगाए । उनले मालिक खुसी बनाउन आफ्ना जनतालाई विषादी खुवाउन प्रधानमन्त्री तयार रहेको भन्दै प्रधानमन्त्रीकै आदेशमो विषादी परीक्षण नगर्न भनिएको आरोप समेत लगाए ।

ओलीले एकजना हिरोइनको उपस्थितिमा आठ दलको बैठक बसेको भन्दै मुलुकमा अब यस्तै तमासाहरु देखिने बताए । केही दिनअघि एलिजा गौतमको उपस्थितिमा आठ दल बैठक बसेको तर्फ ओलीले संकेत गरेका हुन् ।

प्रतिक्रिया

One thought on “प्रचण्डमाथि ओलीको आरोप – मालिक खुसी पार्न जनतालाई विष खुवाउछन्, चीनविरुद्ध गद्दारी हुँदैछ (भिडिओ)

  1. दनक त मजाले दिनुहुन्छ हो ओलिवाले । मलाई त स्वाद पर्छ । यी लुटेरा, विदेशीका दलाललाई भन्न चाहि छोडनुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर