वागमतीका गठबन्धनका सांसदलाई आज अभिमुखीकरण – Nepal Press

वागमतीका गठबन्धनका सांसदलाई आज अभिमुखीकरण

काठमाडौं । आठदलीय गठबन्धनले आज वागमती प्रदेश सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन गठबन्धनले संघदेखि प्रदेशसम्ममा सांसदमाझ अभिमुखीकरण कार्यक्रम गरिरहेको छ ।

सोहीअन्तर्गत बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई अभिमुखीकरण गरिएको थियो ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वसभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका
प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम वागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेश सभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया

One thought on “वागमतीका गठबन्धनका सांसदलाई आज अभिमुखीकरण

  1. यो प्रस्ट देखिएको छ कि, ‘क्वात्रा’ देखि अमेरिकी ‘मालिक’ हरुको आदेश र तिनले उठबस गराए पछि प्रचण्ड-प्रचण्डपथ र देउवा-कांग्रेश अनि वरिपरिका संगै मिलेर ती मालिकहरुको लागि नेपाल एउटा सहज खेलमैदान बनाइदिने कसम खाएर एकजुट भएका छन् !!
    ::: जम्मा जम्मी टाउकाहरुका स्वार्थ मिलेका छन् !! देश कहाँ छ, जनता कहाँ छन् अनि तिनको हित कहाँ छ, त्यो कुनै वास्ताको बिसय छैन !!
    ::: ती विदेशीका गोट्टीहरुले अब मालिकहरुबाट पाएको मन्त्र तिमीहरुलाई सुनाउने, बाड्ने रे !! सुनेउ ?!
    ::: के तिमीहरु ती प्यादाहरुले पनि चाल्ने खेलौना हौ ?? तिनीहरु बिके, तिनीहरुले, मात्र आफ़्नुलागि तिमीहरुलाई बलिमा चदाउन लागे, तयार हो चड्न सुलीमा ??
    ::: तिनको बहकाइमा लाग्नु भनेको नेपाल आमा प्रतिको अक्ष्यम्म अपराध हो, त्येश्को ‘पाप’ बाट मुक्ति पाउन असम्भव छ !!
    ::: ती बिकाउ र विदेशीका प्यादाहरुको जाली, कपटी, चंखे, चतुरे, बेइमान र अपराध गर्न उक्साउने नेपाल आमाको खुन मिसिएका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदेउ :: तिमी जनताको मतले जितेको हो, ती जनता र देश प्रति अलिकत्ति मात्र पनि जिम्मेवारी छ भन्ने लाग्छ भने !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर