जेलमै भेट्न पुगेका रामचन्द्रलाई रेशम चाैधरीले राखे यी अडान – Nepal Press

जेलमै भेट्न पुगेका रामचन्द्रलाई रेशम चाैधरीले राखे यी अडान

आफ्नो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने अडान

काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले भेटेका हुन् ।

उनले नेता पौडेललाई भोट हाल्नको लागि भेटवार्ताको क्रममा आफ्नो शर्त अघि सारेका छन् ।

उनले नेता पौडेलसमक्ष सुदुरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने, गोदावरीमा रहेको राजधानीलाई  धनगढीमा राख्नुपर्ने, टीकापुर घटनाको दोषीलाई रिहाइ गर्नुपर्ने अडान राखेको स्रोतले बतायो ।

उनले आफ्नो रिहाई नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने स्पष्ट सन्देश पठाएका छन् ।

 

प्रतिक्रिया

One thought on “जेलमै भेट्न पुगेका रामचन्द्रलाई रेशम चाैधरीले राखे यी अडान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर