गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य – Nepal Press

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राति १२ बजेबाट लागू हुने गरी प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् । माघ १८ गतेबाट सुरु भएको उक्त अधिवेशनमा १७ वटा बैठक बसेको थियो । जसमा ४ विधेयक र २ अध्यादेश पास भए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर