एनआईसी एशिया बैंकको खाता अब घरबाटै खोल्न सकिने, कसरी खोल्ने ? – Nepal Press

एनआईसी एशिया बैंकको खाता अब घरबाटै खोल्न सकिने, कसरी खोल्ने ?

काठमाडौं । एनआईसी एशिया बैंकको खाता घरबाटै खोल्न सकिने भएको छ ।

बैंकले घरमै बसेर पाँचदेखि ६ मिनेटमा कम्प्युटर, ल्यापटपबाट चाहेको समयमा नागरिकता, फोटो र भएमा प्यान कार्ड फोटोकपी गरेर ६ स्टेपमा खाता खोल्न सकिने बैंकले बताएको छ ।

नागरिकताको सट्टामा चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा पासपार्टको फोटोकपीले पनि खाता खोल्न सकिने जनाइएको छ ।

बैंकको वेबसाइट एनआईसी एशिय बैंक डट कमबाट स्टेप १ मा व्यक्तिगत जानकारी, स्टेप २ मा ठेगानाको जानकारी, स्टेप ३ मा व्यवसायीक जानकारी, स्टेप ४ डिक्लेरेसन, स्टेप ५ मा डकुमेन्टहरु अपलोड गर्ने र स्टेप ६ मा केवाईसी भेरिफिकेसन गरेर दाता खोल्न सकिने बैंकले बताएको छ ।

अनलाइनबाट खाता खोलिसकेपछि केवाइसी भेरिफिकेसनको लागी बैंकको वेबसाइटको ट्युटोरियलमा गएर भिडियो केवाइसी कसरी गर्ने भन्ने विस्तृत रुपमा उल्लेख गरेको पनि बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

One thought on “एनआईसी एशिया बैंकको खाता अब घरबाटै खोल्न सकिने, कसरी खोल्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *