युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीप लामिछानेको शानदार बलिङ – Nepal Press

युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीप लामिछानेको शानदार बलिङ

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकप लिग २ को खेलमा नेपालले घरेलु टीम यूएईलाई २०७ रनमा समेटेको छ । यूएईलाई मध्यम योगफलमा समेट्न सन्दीपले कसिलो बलिङका साथ महत्वपूर्ण तीन विकेट लिए ।

लगातार छैटौं एकदिवसीयमा टस जितेको नेपालका कप्तान रोहित पौडेलले फेरि पनि पहिले फिल्डिङकै निर्णय लिए र दुबईको स्लो पीचमा यूएईमा ब्याट्सम्यानहरुले नेपाली बलरमाथि खुलेर खेल्न सकेनन् । खासगरि सन्दीपको बलिङ आंकडा लोभलाग्दो रह्यो । उनले १० ओभरमा केवल २७ रन खर्चिएर महत्वपूर्ण समयमा विकेट लिएका थिए ।

पहिलो ओभरमै करण केसीले यूएईका ओपनर मुहम्मद वसिमलाई शून्यमा आउट गरे । त्यसपछि आसिफ खान र रित्य अरविन्दले ४५ रनको स्थिर साझेदारी गरे । तर, सन्दीपले अरविन्दलाई कुसल भुर्तेलको हातबाट क्याचआउट गराएछि यूएई फेरि दवावमा आएको थियो । सन्दीपले आसिफ खानलाई ७२ रनमा आउट गरे भने आफ्नो अन्तिम ओभरमा आर्यन लाक्रालाई बोल्ड गरे ।

नेपालका लागि अलराउन्डरहरु आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले पनि राम्रो बलिङ गरे । आरिफले १ विकेट लिए भने दिपेन्द्र विकेटविहीन रहे । करण केसी र कुशल मल्ल पनि नेपालका लागि १-१ विकेट लिए ।

यूएईका लागि ओपनर आसिफ खान र मध्यक्रमका रोहन मुस्तफाले संघर्षपूर्ण अर्धसतक बनाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर