यही गठबन्धनबाट प्रचण्डपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री : शशांक कोइराला – Nepal Press

यही गठबन्धनबाट प्रचण्डपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री : शशांक कोइराला

‘गोप्य मतदान हो, राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले माधव नेपाल एक वर्षका लागि प्रधानमन्त्री बन्ने बताए ।

२५ गतेपछि अर्को गठबन्धन बनेर प्रधानमन्त्री देउवा बन्नुहुन्छ भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘शेरबहादुरजीले यही सरकार टिकाउनु हुन्छ । हामी सरकारमा जान्छौँ । त्यसपछि बीचमा माधव नेपाल पनि एक वर्षका लागि प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि अन्तिममा चुनावी सरकारको नेतृत्व देउवाले गर्नुहुन्छ ।’

उनले अहिले गठबन्धन बनेपछि स्थिरता भने नरहेको बताए । यो गठबन्धन पछिसम्म जान्छ भन्ने आफूलाई विश्वास रहेको बताए ।

उनले भने, ‘अहिले हामीले कसरी भोट गछौं भनेर प्रशिक्षणका लागि सांसद जम्मा गरेका हौँ । नयाँ मान्छेहरुलाई पनि प्रशिक्षण कार्यक्रम चाहिन्छ । भोट क्रस हुने सम्भावना पनि छ । गोप्य मतदान हो । ह्वीप पनि लाग्दैन तर मलाई मलाई भोट क्रस होला जस्तो लाग्दैन ।’

उनले मन्त्रिपरिषद् विस्तार चाडै हुने बताउँदै आफू सरकारमा जाने कुरा अहिल्यै भन्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर